काठमाडौं : नेपालमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच फाइनल खेल सुरू भएको छ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपराजित रहँदै फाइनल पुगेको नेपाललाई पिएनजीले टस जितेर पहिले ब्याटिङको निम्ता दिएको छ।नेपालले खेलमा मलेसियासँग विश्राम दिएका तीव्र गतिका बलर सोमपाल कामीलाई टोलीमा फिर्ता ल्याएको छ। घाइते भएका कमलसिंह ऐरीको स्थानमा सोमपाललाई मौका दिएको हो। मलेसियासँगको खेलका दौरान कमलसिंह ऐरीको बायाँ हातको कुमको हड्डी भाचिन पुगेपछि उनी लामो समय मैदानबाहिर हुने भएका छन्।नेपाल घरेलु मैदानमा दोस्रो पटक त्रिकोणात्मक टि-२० सिरिजको उपाधि जित्ने लक्ष्य लिएको छ। यसअघि लिगचरणमा भएका खेलमा नेपालले पिएनजीलाई  १५ रन र ३७ रनले पराजित गरेको थियो। नेपालले लिगमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ८५ रनले हराउँदै अपराजित रहेको छ।

अघिल्लो सामग्रीलालबन्दीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
यसपछिको सामग्रीलोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ:माधवकुमार नेपाल