चन्द्रपुर– रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ डाडाटोलमा लिफ्टिङ्ग सिचाई आयोजनाको शिलान्यास गरिएको छ । सिचाई आयोजनाको शिलान्यास भएपछि डाडाटोलका स्थानिय हर्षित भएका छन् ।
आईतबार एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज युवराज भट्राई (समिर),बाग्मती नगरपालिका सर्लाहीको नगरप्रमुख भरत थापाले संयुक्त रुपमा लिफ्टि सिचाई आयोजनाको शिलान्यास गरेका हुन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्राईले लिफ्टिङ्ग सिचाई आयोजनाको लागि उर्जा मन्त्रालयबाट ३८ लाखको योजना ल्याएको नेकपा माओवादी का नेता गौतम खड्काले जानकारी दिएका छन् ।

सिंचाई अभावमा हिउदमा बाझै रहने ४० बिघा जग्गामा ७० घरधुरीले सजिलै सिचाई गर्न पाउने उदेश्यले सोे योजना ल्याएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य भट्राईले जानकारी दिएका छन्।

अघिल्लो सामग्रीच्याम्पियन्स लिगमा चेल्सी र रियल म्याड्रिड भिड्दै
यसपछिको सामग्रीवाईसियलको चन्द्रपुर नगर सदस्यमा पान्डे सर्वसम्मत निर्वाचित