चैत्र २६,रौतहट
स्थानीय तहको निर्वाचनका लागि मनोनयनको दिन नजिकिँदै जाँदा मुख्य राजनीतिक दलमा टिकटका लागि दौडधुप सुरु भएको छ । सबै राजनीतिक दलले वडा तहबाट सिफारिस भई आएका नामलाई जिल्ला तहसम्म छलफल गरी टुंग्याउने भनिए पनि आकांक्षी उच्च तहका नेताका घरदैलोमा पुगेपछि छनोटमा समस्या भएको छ ।
निर्वाचन नजिकिँदा मतदाता रिझाउन जानुपर्ने नेताहरू अहिले टिकटका लागि उच्च तहका नेता रिझाउन व्यस्त देखिएका छन् । रौतहटमा १ सय ५७ वटा वडा र १८ वटा पालिका छन् । प्रायःजसो सबै राजनीतिक दलमा स्थानीय तहको प्रमुख र उपप्रमुखका लागि आकांक्षी उम्मेदवारको सूची लामो छ । पार्टीले टिकट नदिए अर्को पार्टीमा गई टिकट लिने दाउमा समेत केही उम्मेदवार देखिएका छन् । केहीले टिकट नदिए पार्टी नै छोड्ने धम्की पनि दिन थालेका छन् ।नेपालि कांगे्रस बाट निर्वाचित राजपुर नगरपालिकाका प्रमुख सकिल अख्तरले पुन आफुले टिकट नपानउनो संकेत पाए पछि पार्टि परीत्याग गरी  एमालेमा प्रवेस गरेका छन् ।
हाल रौतहटमा सबैभन्दा बढी ७ वटा पालिकामा नेपाली कांग्रेसको पार्टीको नेतृत्व छ । गत स्थानीय तहको निर्वाचनमा रौतहटका कुल १८ वटा पालिकामध्ये चन्द्रपुर,वृन्दावन , गढीमाई,फतुवाबिजयपुर,परोहा , राजपुर र राजदेवि नगरपालिका तथा र दुर्गा भगवती गाउँपालिका गरी ८ वटामा नेपाली कांगे्रसका का उम्मेदवारले प्रमुखमा जित हात पारेको थियो ।
यसैगरी देवाही गोनाही,बैधिमाई र माधव नारायण नगरपालिका गरी ३ वटामा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए भने राजपा बाट गौर र गुजरा नगरपालिकाका प्रमुख बिजयी भएका थिए । तत्कालीन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी समाहित भई संघीय समाजवादी पार्टीको निर्माण भएको थियो । पछि तत्कालीन राजपा र तत्कालीन संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी निर्माण भएपछि जिल्लामा जसपानिकटका पालिका प्रमुखको संख्या ०५ पुगेको थियो । तर, जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि रौतहटको गौर नगरपालिकाका प्रमुख मात्र लोसपातिर लागेका थिए । अहिले जसपानिकटका प्रमुख रहेको पालिका संख्या ३ रहेको छ । देवाही गोनाही नगपालिका का प्रमुख अख्तियारको फन्दा परे पछी उनि निलम्बनमा छन । देवाही गोनाहीको निमित्त प्रमुखको जिम्मेवारी भने उप प्रमुख ले सम्हालेका छन् ।
यसैगरी, कटहरीया र मौलापुर नगरपालिका र यामुनमाई गाउपालिका बाट नेकपा माओवादी पार्टीका उम्मेदवार विजयी भएका थिए । कटहरीया र मौलापुर का नगर प्रमुख नेकपा एमालेमा नै छन् भने यमुनामाई गाउपालिकाका प्रमुख माओवादी केन्द्रमै रहेका छन् ।गत स्थानीय निर्वाचनमा जिल्लामा एमालेका उम्मेदवारहरू मा चन्द्रपुर नगरपालिकामा मात्र उपप्रमुख बिजयी भएका थिए । नगर प्रमुख अध्यक्ष र उपाध्यक्ष कुनैमा पनि एमालेका उम्मेदवार विजयी हुन सकेका थिएनन् । गत निर्वाचनभन्दा यसपटक उपस्थिति बढाउन सबै दलले कसरत सुरु गरिसकेका छन् । यस पटकको निर्वाचनमा नेकपा एकीकृत समाजवादी र सीके राउत नेतृत्वको जनमत पार्टीले पनि सहभागिता जनाउने भएपछि प्रतिस्पर्धा बढ्ने भएको छ ।

अघिल्लो सामग्रीकटुवा पेस्तोल बरामद
यसपछिको सामग्रीसाझावाणी दैनिक चैत्र २७ गतेको ई-पेपर