चैत २३, एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ ।खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुने छ । घरेलु मैदानमा हुने पहिलो लेगको खेलमा साविक विजेता चेल्सी रियललाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । पछिल्लो खेलमा ब्रेन्टफर्डसँग ४–१ ले पराजित भएको चेल्सी रियललाई हराएर जितको लयमा फर्कन चहान्छा ।टोलीसँग इडुआर्ड मेन्डी, सेसर एज्पिलिक्वेटा, थियागो सिल्भा, एन्टेनियो रुडिगर, रिस जेम्स, जर्गिन्हो, माटियो कोभासिस, मार्कोस अलन्सो, हाकिम जियाच, काई हाभर्टज र क्रिस्टियन पुलिलिस रहेका छन् । यस्तै एङ्गोलो कान्टे, ट्रिभोअ चलोवाह, मासन माउन्ट र टिमो वेर्नर पनि टोलीमा रहेका छन् ।यता, यो सिजन उच्च लयमा रहेको रियल पनि अवे जित निकाल्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चहान्छ । टोलीसँग करिम बेन्जेमा, भिनिसियस जुनियर, मार्को एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, फर्लान्ड मेन्डी, डेभिड अलाबा, इडर मिलिसाओ र थिवाउट कोर्टुवा रहेका छन् । रोड्रिगो, नाचो फर्नान्डेस, मार्सेलो, फेडे भाल्भेर्डे पनि टोलीमा रहेका छन् । चोटका कारण इडेन हाजार्ड र इस्को टोलीमा हुनेछैनन् ।
गत सिजन यि दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा चेल्सीले समग्रमा ३–१ को जित निकाल्दै फाइनल प्रवेश गर्दै च्याम्पियन बन्न सफल भएको थियो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेको थियो ।
चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रदा रियल उक्त हारको बदला लिने लक्ष्यमा रहनेछ ।
पछिल्लो चरा खेलको नतिजामा रियल दुइ खेलमा विजयी हुँदा चेल्सीले एक खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको छ ।