रौतहट २७ चैत्र
राष्ट्रपति बिद्यादेबी भण्डारीले चुरेसंरक्षणको दिगो बिकासका लागि आब्हान गर्नु भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले तराई मधेसको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर भएर लाग्नुपर्ने बताएकी छन् । आईतवार रौतहटको माधबनारायण नगरपालिका–३ जयनगरमा निर्माण भएको स्वर्गीय गजेन्द्रनारायण हस्पिटलको शुभारम्भ गर्नु हुदै उहाले मधेश प्रदेशको सम्पुर्ण तराई क्षेत्रको पर्याबरणीय सन्तुलन तथा भुमिगत जलश्रोतको उन्नत भएको आधार समेत भएकाले चुरेक्षेत्र जोगाउन सकेमात्र हामीले नेपालको प्राकृतिक सन्तुलन जोगाउन सक्ने बताउनु भयो । हाम्रो देशको गौरबपुर्ण जनसभ्यता बिकास भएकाले यस क्षेत्रमा रहेका बिभिन्न धार्मिक एबम सास्कृतिक स्थल तथा बिभिन्न कला र संस्कृतिको प्रबद्धन गरी पर्यटन लाई आर्थीक बिकासको महत्वपुर्ण क्षेत्र लाई सुदृढ तुल्याउन सकिने उहाले बताउनु भयो । नेपालको संबिधानले जनतालाई प्रदान गर्ने सेबा र सुबिधा सहज पहुचको माध्यमबाट नेपालले बिकास गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।

मधेस प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेसका छोरीहरुको शैक्षिकस्तरमा वृद्धि भएकोले यसलाई सार्थकता दिन राष्ट्रपति भण्डारीले जोड दिइन् । ‘बालबालिकाहरुको पौष्टिकताको लागि दिवाखाजाको प्रबन्ध र गुणस्तरमा ध्यान दिनु पर्छ,’उनले भनिन्, ‘सरकारले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । आज जनताको स्वास्थ्य सेबा प्रदान गर्ने पबित्र उदेश्य राखेर अस्पताल निर्माण गरेकोमा सराहना ब्यक्त गर्नु भएको छ । शिक्षा, स्वास्थ्य, खाना, स्वस्थ्य पिउने पानी जस्ता आधारभुत आबश्यक्ताहरु मौलिकहकको रुपमा स्थापित भएको बताउनु भयो ।

अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्लाका बिरामीले समेत राहत पाउने भएको छ । अस्पताल बनाउन विभिन्न व्यक्तिहरुले चन्दा सहयोग गरेका छन् । कार्यक्रममा अस्पताल निर्माणको खर्च सार्वजनिक गरिएको छैन । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३ सय शय्याको अस्पताल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले प्रशंसापत्र दिएकी थिइन् । कार्यक्रममा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री एवम सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झा लगायतका नेता आएका थिए ।

अघिल्लो सामग्रीआज राष्ट्रपति भण्डारी रौतहट आउदै
यसपछिको सामग्रीकाँग्रेस बाट चन्द्रपुर ९ नं वडा अध्यक्षका दाबेदार सत्यालको चौतर्फी चर्चा