चन्द्रपुर/रौतहट को चन्द्रपुर नगरपालिका वार्ड न ४ को अध्यक्षमा नेकपा एमाले बाट रवि राना मगर ले दावी गरेका छन ।स्थानिय निर्वाचनको नजिकिदै गर्दा चुनावी मावल तातिएको छ । निर्वाचन हुन अब ३९ दिन मात्र बाकि रहेको छ ।
२०६० साल देखि नै सक्रिय राजनीति गर्दै आएका मगर ले नेकपा एमाले को तर्फ बाट आफू वडा अध्यक्ष को दावेदार रहेको जानकारी दिएका छन।
२०६५ साल देखि बिध्यार्थी राजनित मा होमिएका उनी जन ज्योती मा इकाई सदस्य हुदै ०७२ सालमा जिल्ला सह सचीव समेत भएका थिए ।उनी अनेरास्ववियु का केन्द्रीय सदस्य समेत हुन। युवाहरु माझ निकै लोकप्रिय मगर आफू वडा अध्यक्ष को लागि बलियो उम्मेदवार समेत रहेको साझावाणी दैनिक लाई बताए।चन्द्रपुर नगरपालिका को नाक को रुपमा रहेको ४ न वडा को बिकास को लागि आफुले छुट्टै प्याकेज बनाएको र जन भावाना अनुसार काम गर्ने लक्ष्य रहेको बताए। पार्टी प्रती को बफादारिता र आम जन समुदाय बिच को लोकप्रियताले आफुले नै टिकट पाउने मा बिश्वस्त छन। मगर हाल नेपाल मगर संघ को जिल्ला कमिटी सचीव,आदिवासी जनजाती माहासंघको जिल्ला कमिटी सह–सचीव र रौतहट को लोकपृय सस्था चन्द्रनिगाहपुर युवा समूह को सस्थापक अध्यक्ष समेत हुन ।