रौतहट,२८ चैत्र
राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा रौतहटका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ । गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय राजनीति दलका नेता कार्यकर्ताहरू बीचमा व्यापक मतभेद हुँदा प्रचारप्रसार अभियान समेत अघि बढ्न सकेको छैन ।
विशेषगरी नेपाली काँग्रेसभित्र रौतहटमा गठबन्धन गर्ने र नगर्ने भन्ने बिषयमा पक्ष र विपक्षमा बहस चलिरहेको छ । कतिपय पालिकाले त गठबन्धन नगर्ने निर्णय गर्दै प्रदेश र केन्द्रलाई पत्र समेत पठाइसकेका छन् । शनिवार नेपाली काँग्रेस चन्द्रपुर नगरपालिकाले गठबन्धन गर्न नसकिने निर्णय गरेको थियो । गठबन्धन गर्दा सिङ्गो नेपाली काँग्रेसका नेता कार्यकर्ताको मनोबल घट्ने भन्दै गठबन्धन अस्वीकार गर्नेे निर्णय भएको चन्द्रपुर नगर सभापति मुकेश गिरिले बताएका छन् ।

यसैबीच चन्द्रपुर नगरपालिकाका प्रमुखका उम्मेदवारमा १२ जना र उप प्रमुखमा ७ जनाले दावी गरेका छन् । सोमबार चन्द्रपुर ४ स्थित अशोका होटलमा बसेको नगर बैठकमा नगर प्रमुख र उप -प्रमुखमा १9 जनाले उम्मेदवारी घोषण गरेका हुन् । नेपाली कांगे्रसको तर्फ नगर प्रमुखमा चन्द्रपुर नगर सभापति समेत रहेका मुकेश गिरि सहित सुर्य बहादुर थापा,अधिकलाल चौधरी ,जितेन्द्र चौधरी ,अजय कुमार साह,सपुत बहादुर कार्की,केदार थापा,अनन्त कोईराला ,रामचन्द्र चौधरी,रमेशहरि भट्टराई,सजय काफ्ले र तारा सापकोटाले आफ्नो उम्मेदवारी घोषण गरेका छन् । नगर प्रमुख कै लागी महिला तर्फ बाट एकल तारा सापकोटाले आफ्नो उम्मेदवारी दिएकी हुन् ।

यस्तै उप प्रमुखमा ७ जनाले आफनो नाम घोषण गरेका छन् ।
नेपाली कांगे्रस चन्द्रपुर नगरको उप प्रमुखका लागी लक्ष्मि बराल,गिता भारती,सीता गौतम,जयमाला चौधरी,सरस्वती गिरि,साबित्रा दाहाल र तुलसा कोइराला ले आफ्नो उम्मेदवारी घोषण गरेका चन्द्रपुर नगर समितिका सचिव गणेश चौलागाईले जानकारी दिए । कांगे्रस पार्टिको बिधान अनुसार तिन तिन जनाको नाम सिफारीस गर्नु पर्ने छ । बिधान अनुसारनै छलफल गरेर नाम पठाईने सचिव चौलागाईले बताए ।

अघिल्लो सामग्रीअग्नि पिडितिलाई वडा सभापती कुश्वारको सहयोग
यसपछिको सामग्रीअर्याल एआईजीमा सिफारिस, भावी आईजीपी पक्का