रौतहट,१४ वैशाख
अनौपचारीक क्षेत्र सेवा केन्द्र ( इन्सेक) मधेश प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगर स्तरीय मानव अधिकार समूहद्धारा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रौतहटको चन्द्रनिगहापुरको एक सभाहलमा स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहिता बनाउने परियोजना अन्र्तगत मानवअधिकार सम्बन्धि १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक मधेश प्रदेश कार्यालय प्रमुख राजु पासवान, फोकल पर्सन बरुण बस्याल, लगायत मानवअधिकार निगरानी समूहका पदाधिकारी , बालअधिकार चेतना समूहका पदाधिकारीहरु, नगरस्तरीय बालसंजाल, युवाक्लव, किशोरी समूह,पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, दलित संजालका प्रतिनिधिहरु, निलहिरा समाजका प्रतिनिधि लगायत ३० जनाको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रममा इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवानले पहिलो प्रस्तुतीकरण इन्सेक इतिहास तथा मानवअधिकारको पृष्ठभुमि, लगायत हाल तराई मधेशमा मानवअधिकारको अवस्था र इन्सेकले गर्दै आएको गतिविधिहरुको बारेमा प्रस्तुत गरेका छन् ।
कार्यक्रमका फोकल पर्सन बरुन बत्स्यालले नगरपालिका भएको मानवअधिकारको सवालमा परियोजनाले विषेशत खाध्य, आवास, शिक्षा, स्वास्थ्यको अधिकारमा आधारीत संचालन गर्दै आएका क्रियाकलापहरु बारे राख्दै सो विषयमा चार वटा समूह बनाई समूह छलफल गरी शिक्षाको अधिकारमा नगरमा दक्ष शिक्षकको अभाव रहेको , दरबन्दी अनुसारको शिक्षक नभएको , दिवा खाजा पौष्टिकयुक्त नरहेको , कक्षाकोठाको अभाव रहेको लगायतका समस्याहरु पहिचान गर्नुभएको थियो , जसको समाधानको लागि नगरपालिका बाट निति निर्देशन , अनुगमन, तथा आवश्यकता अनुसार कार्वाही गर्नुपर्नेमा जोड दिए , त्यसैगरी स्वास्थ्यको क्षेत्रमा चन्द्रपुर नगरभित्र देखिएका समस्याहरु, निःशुल्क भनिएका औषधिहरु स्वास्थ्य संस्था, अस्पतालहरुमा नपाउनु, दक्ष चिकित्सकको कमी हुनु , औधषीउपचारको लागि उककरण हरुको अभाव , लगायत सबै किसीमका उपचार हुन नसक्नु लगायत समस्याहरु बारे पहिचान गरेका थिए , जसको समाधानको लागि स्थानिय सरकारको निति तथा कार्यक्रम ठोस हुनुपर्ने , अपुग भएको विषयबस्तुमा स्थानिय सरकारले पहल गर्नुपर्नेमा जोड दिए, त्यसैगरी खाध्यानको अधिकारको विषयमा भएको समस्याहरु,म्याद गुज्रिएका सामानहरु बिक्रि बितरण हुनु, मिति उल्लेख नभएका सामानहरु सडेगलेका हुने लगायत समस्याहरु पहिचान गर्दै , निउनिकरणका लागी अनुगमन , कार्वाही प्रक्रियामा ध्यान दिनुपर्ने जोड दिनु पर्ने बारेमा प्रष्ट पार्नु भएका थिए । यस्तै कार्यक्रममा आवासको अधिकारको क्षेत्रमा भएको समस्याहरु जनता अवास कार्यक्रम छिटो छरितो नहुनु, प्राथमिकताको आधारमा छनौट गर्नुपर्नेमा दलित वर्गमा पनि पहुँच वालाहरुले पाउनु कमीकमजोरी रहेको पहिचान गर्दै,समाधानमा स्थानिय सरकार, प्रदेश सरकारले विषेश ध्यान दिई प्राथमिकताको आधारमा र सर्वसुलभ रुपमा सेवा प्रदान गर्नुपर्नेमा सहभागीहरुले सुझाव पेश गरेको छन् । सुझावको आधारमा आगामी कार्ययोजना निर्माण भएको छ । सहभागीहरुको तर्फबाट युवाक्लवका प्रतिनिधि रोहित चौधरीले इन्सेकले गरेको कार्यक्रमबारे सराहनीय रहेको बताउनुभयो । त्यस्तै बालक्लवका प्रतिनिधि दिपमाला सापकोटाले इन्सेकले वालक्लव गठन गरेर सक्रिय बनाएको र थप हौसल्ला मिलेको बताउनुभयो । कार्यक्रम संचालन इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमको समापन मानवअधिकार समूहका नगर अध्यक्ष टेकबहादुर चौधरीले गर्नुभएको थियो ।