१८ चैत,रौतहट– इंग्लिस प्रिमियर लिग फुटबलमा आगामी सिजन पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका छन् ।प्रिमियर लिग क्लबका शेयरधनीहरु एकै खेलमा पाँच खेलाडी परिवर्तन गर्न सहमत भएका छन् ।हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समय टिमले एक भन्दा बढी परिवर्तन गर्न सक्नेछ । टिमले मध्यान्तरको ब्रेकमा समेत खेलाडी परिवर्तन गर्न पाउनेछ ।यस अघि फुटबलमा ३ खेलाडी परिवर्तन सकिने नियम रहेको थियो ।तर, कोरोनाका कारण रोकिएको फुटबल सुरु भएपछि फिफाले ५ खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो ।

फिफाले २०२२ को डिसेम्बर ३१ सम्म पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम बनाएको थियो ।

अघिल्लो सामग्रीकार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई
यसपछिको सामग्रीत्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी)को जित