सर्लाही :  नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारीसहित जिल्ला नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ।  जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन्।

जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका छन्। उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको छ भने संस्थापन इतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको छ। सहदुल्ला क्षेत्र नं. १ प्रदेश ख बाट प्रदेश सभा सदस्यका प्रत्यासी थिए भने क्षेत्र नं. २ का डा. सरोज जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन्। त्यस्तै क्षेत्र नं. ३ अन्तर्गत बरहथवा निवासी अधिकारी हालका जिल्ला सचिव हुन् भने क्षेत्र नं. ४ का पप्पु तत्कालिन जिल्ला सचिव हुन्।

surendra prasad shiha and laxman ray

यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको छ। त्यसैगरी सहसचिवमा संस्थापन पक्षबाट ईन्द्र योञ्जन र मनोज कुमार कुशवाहा तथा संस्थापन ईतरबाट दिनेश मिश्र र सूर्य खड्काले उम्मेद्वारी दिएका छन्। सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। 

३ हजार दुईसय ८५ मतदाता रहेको जिल्लामा विहान ९ बजेदेखि ५ बजेसम्म सदरमुकाम मलंगवास्थित पब्लिक माविमा हुने निर्वाचन समिति सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिए।

अघिल्लो सामग्रीपर्साबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ
यसपछिको सामग्रीकांग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन आज हुदै