निजगढ,२५ फाल्गुण
खानेपानी मन्त्रि उमाकान्त चौधरीले देश बिकासका निम्ति सबै राजनीतक दलबिच सहकार्यता रहनुपर्ने बताउनुभएकोछ । निजगढ नगरपालिकाले मंगलबार आयोजना गरेको नगर सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपालि कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्रि चौधरीले राजनीतिक दलहरुबीच बिकास निर्माणका काममा एकत्रित भएर अघि बढे सफलता हासिल गर्न सकिने जनाउनुभयो ।
निजगढ नगरपालिकाले बिकासको क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको जनाउनुहुदै चौधरीले स्थानीय स्तरको बिकासकोलागी स्थानीय नागरिकको ईक्षा बमोजिम आफु अघि बढ्ने बताउनुभयो । मन्त्रि चौधरीले स्थानीय,प्रदेश र संघीय सरकारको आपसी तालमेल नमिल्दा धेरै कामहरु प्रभावित भएको गुनासो समेत गर्नुभयो । खानेपानी मन्त्रि भएपछी आफुले सर्वसुलभ रुपमा नागरिकले खानेपानीको उपभोग गर्न पाउन भन्ने ऊद्धेश्य अनुरुप काम गरिरहेको उंहाले बताउनुभयो।
कार्यक्रममा बिभिन्न कालखण्डमा निजगढको बिकास र निजगढको पहिचान दिलाउन योगदान पुर्याउने निजगढका व्यक्तिहरुलाई सम्मान गरिएकोथियो । नगरपालिकाले सम्मान गरेका व्यक्तिहरुमा पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल,राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्यसचिव तथा वरिष्ठ कलाकार युवराज लामा,अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी यान कुमारी चौलागाई,गायक रामकृष्ण ढकाल,शहिद परिवार,पुर्व जनप्रतिनिधि,खेलाडी,समाजसेवी लगायत अन्य बिभिन्न क्षेत्रका व्यक्तिहरुको नामावली रहेकोछ । कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनालले संघीय सरकार र प्रदेश सरकारले निजगढलाई विभेद गरेपनि निजगढले बिकास निर्माणमा अघि बढ्न सफल भएको बताउनुभयो । मेयर खनालले निजगढलाई थप बिकसित र समृद्ध र बनाउन आफु थुप्रै योजनाकासाथ अघि बढेको बताउनुभयो ।
पर्याप्त समय नभए पनि थोरै समयावधिमा नै निजगढलाई बिकासको मामिलामा चौतर्फी रुपमा अघि बढाउन सफल भएको मेयर खनालले दाबि गर्नुभयो । नगर सम्मान कार्यक्रममा पुर्व युवा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेल,मधेश प्रदेशसभा सदस्य त्रिलोकी चौधरी,भुमि सम्बन्धि समस्या आयोगका पुर्व अध्यक्ष देवी ज्ञवाली,निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,प्रमुख प्रशाशकिय अधिकृत सुमन कुमार कार्कीले सम्बोधन गर्नुभएकोथियो ।
आवरण बिकासका निम्ति राजनीतक दलबिच सहकार्य आवश्यक:मन्त्रि चौधरी