फागुन २१, गौर – रौतहटको गौर नगरपालीकामा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयमा विद्यार्थीहरुले बिधालय तोडफोड तथा आगजनी गरेका छन् । विद्ययालयले अवैधरुपमा उठाएको शुल्क फिर्ता नगरेको भन्दै विद्यथीैसहितको अभिभावकहरुले शुक्रवार अगजनी र तोडफोड गरेका हुन् । अवैधरुपमा ठगिएको शुल्कफिर्ता गर्ने सहित अनुसार बिधार्थीले ८ बुंदे माँग राख्दै आएका छन । विद्यालयका प्रधानध्यापकले सो ८ बुँदे माग पुरा गर्ने समेत वाचा गरेका थिए । विद्यालयले बाचा पूरा नगरेपछि आक्रोशितविद्यार्थीहरुले विद्यालयमा भएको रहेका खानेपानीका ट्याङ्कहरु , किताब ,टेवल लगाएतका समान तोडफोड र आगजनि गरेका छन् ।
@sajhavnidaily.com
अग्रेंजी माध्यमको शिक्षाको नाममा २०६७ ०६८ साल देखी नै विद्यालयले शुल्क उठाउन शुरु गरेको थियो । तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डलले शिक्षा नियमावलीलाई लत्याउदै पैसा कमाउने प्रथाको शुरुवात गरेकोले उनलाई कारवाहीको पहिलो सूचीमा राखिनु पर्ने विद्यार्थी नेता रविमिश्रले बताए ।