रौतहट,१४ चैत्र
जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार सूचना जारी गर्दै आउँदो बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै १५ दिन भित्र हतियार बुझाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यलय रौतहटका प्रशासकीय अधिकृत प्रलव कायस्थले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न रौतहट जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो । सूचनामा निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी सूचना जारी भएको मितिले १५(पन्ध्र) दिनभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ ।
आवरण हातहतियार बुझाउन रौतहट प्रशासनको आग्रह