चैत १७, रौतहट-राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले साम्बाको ह्याटिकमा एपीएफको फराकिलो जित निकालेको छ ।चितवनको भरतपुरमा बिहीबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले हराएको हो।एपीएफको जितमा सावित्रा भण्डारी साम्बाले ४ गोल गरिन् ।यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक एक गोल गरिन् ।अनिताले २४ औं मिनेटमा गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।४० औं मिनेटमा सरुले गोल गरेपछि एपीएफ २–० ले अघि रह्यो ।खेलको ५२ औं मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाईन ।६६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को अग्रता दिलाए ।खेलको ७५ औं मिनेटमा अनिताले गोल गरेपछि एपीएफ ५–० ले अघि रह्यो ।
खेलको ८० औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को अग्रता दिलाए ।त्यसपछि खेलको ८१ औं मिनेटमा सावित्राले व्यक्तिगत चौंथो गोल गरेपछि एपीएफ ७–० ले विजयी भयो ।एपीएफको यो लगातार तेस्रो जित हो ।जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ ।एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।वालिङ अंक विहीन रहदै पुछारमा रहेको छ ।
lht;Fu} PkLPkmn] # v]ndf ( c+s hf]8]sf] 5 .
PkLPkm zLif{ :yfgdf plSnPsf] 5 .
jflnª c+s ljxLg /xb} k’5f/df /x]sf] 5 .