चैत १७, एजेन्सी- रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ ताकि सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् ।
समाचार एजेन्सी एएफपीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै लेख्यो, ‘यस मानवीय अभियानको सफलताका लागि, हामी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त र रेड क्रसको अन्तरराष्ट्रिय समितिको प्रत्यक्ष संलग्नता प्रस्ताव गर्दछौँ ।’ मारियुपोलदेखि जपोरजियासम्म मानवीय करिडोर स्थानीय समयानुसार बिहान १० बजे खुल्नेछ ।यद्यपि, युक्रेनले यो घोषणाको विषयमा हालसम्म केही भनेको छैन ।मारियुपोलमा युद्धविरामका लागि पहिला पनि कोसिस गरिएको थियो तर दुबै पक्षमा विश्वासको कमीको अरोपबीच प्रयास विफल भयो ।रुसमाथि हज्जारौँ नागरिकलाई रुस वा रुस नियन्त्रित क्षेत्रमा जबर्जस्ती लगेको आरोप लागेको छ ।यो घोषणा अघि बमबारीपछि निम्तिएको विधवंशका नयाँ सेटलाइट तस्बिर सार्वजनिक भएको थियो ।

अघिल्लो सामग्रीअब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ : बाबुराम भट्टराई
यसपछिको सामग्रीपोखरीमा डुबेर एक पुरुषको मृत्यू