रौतहट,चैत १- मोहन वैद्य नेतृत्वको पार्टी (क्रान्तिकारी माओवादीले) स्थानीय तहको चुनावमा भाग नलिने भएको छ। ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा भाग नलिने उक्त पार्टीले निर्णय लिएको हो।फागुन २५ देखि २९ गतेसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णयबारे महासचिव वैद्यले निकालेको प्रेस विज्ञप्तिमा निर्वाचनलाई बहिष्कार गरेर जाने निर्णय भएको उल्लेख छ।‘पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अबलम्बन गरिएको’ विज्ञप्तिमा उल्लेख छ।
बहिष्कार आन्दोलनलाई दुई महिने अभियान बनाई सञ्चालन गर्ने निर्णयसमेत भएको महासचिव वैद्यले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। केन्द्रीय समितिमा महासचिव वैद्यको ुवर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभारु राजनीतिक प्रतिवेदनसमेत पेश गरेर छलफल भएको थियो।