एजेन्सी – अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजको ह्याट्रिक सहयोगमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । इन्टरले घरेलु मैदानमा सालेरनिटानामाथि ५–० को को फराकिलो जित निकालेको हो ।थप दुई गोल इडेन जेकोको नाममा रह्यो । घरेलु मैदान मिलानोमा शुक्रबार राति भएको खेलमा इन्टरले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।खेलको २२औं मिनेटमा मार्टिनेजको गोलबाट इन्टरले अग्रता लिन सफल भयो । उनले निकोलो बरेल्लाको पासमा गोल गर्न सफल भएका थिए । ४०औं मिनेटमा बरेल्लाकै पासमा मार्टिनेजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा इन्टरलाई २–० ले अघि बढाए ।

lautaro martinez and eden deko

५६औं मिनेटमा मार्टिनेजले ह्याट्रिक पुरा गर्दै इन्टरलाई ३–० ले अघि बढाए । उनले इडेन जेकोको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछिको दुई गोल जेकोको नाममा रह्यो । ६४औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले रोविन गोसेन्सको पासमा गोल गर्न सफल भएका थिए ।६९औं मिनेटमा जेकोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै इन्टरलाई फराकिलो जित दिलाए । उनले यसपटक डेन्जल डमफ्रेजको पासमा गोल गर्न सफल भएका थिए ।यो जितसँगै इन्टर मिलानले नेपोली र एसी मिलानलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको छ । इन्टरको २७ खेलबाट ५८ अंक पुगेको छ । समान खेलबाटै नेपोली र एसी मिलानको ५७ अंक छ । पराजित सालेरनिटाना १५ अंक जोडेर पुछारमा रहेको छ ।

अघिल्लो सामग्रीगौरको जुद्ध मा. विमा विद्यार्थीहरुले गरे तोडफोड
यसपछिको सामग्रीलागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ