चैत १७, रौतहट- मधेश प्रदेशका प्रमुख हरिवंश मिश्रले जाँचबुझ आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।प्रदेशसभाको बैठकबाट पारित ‘जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ प्रदेश प्रमुख मिश्रले प्रमाणीकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अघिल्लो सामग्रीपोखरीमा डुबेर एक पुरुषको मृत्यू
यसपछिको सामग्रीनेपालद्वारा पीएनजीलाई २०४ रनको लक्ष्य