चैत १०,रौतहट-नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रेखा झाले एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री प्रभु साहविरुद्ध उजुरी दर्ता गराएकी छिन् ।पार्टीकै सदस्य झाले जिल्ला अधिवेशनको बेला हलको सम्पूर्णले असहमति र विरोध गरेपनि पूर्वमन्त्री शाहले साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी हुन्। अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गरिएको अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ ।

साथै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य झाले रौतहट जिल्ला अधिवेशन सम्पन्न भएको भ्रम र झुठ रहेको समेत एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएकी छिन् ।

अघिल्लो सामग्रीमन्त्री लामा:नेपालमा क्षयरोग घातक बन्दै गएको छ
यसपछिको सामग्रीहातहतियार बुझाउन रौतहट प्रशासनको आग्रह