पर्साः पर्साको पोखरिया–लंगडी सडकखण्डमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना गम्भीर घाइते भएका छन्।
उनीहरुको वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।
पर्साको पोखरियाबाट बसन्तपुरतर्फ जाँदै गरेको ना३प १०२६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान करिब सवा १० बजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।तीव्र गतिका कारण दुर्घटना भएका दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरी नायव उपरिक्षक खनालले बताए। मृत्यु हुनेमा प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक पर्साकै सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी र ना ३ प १०२६ नम्बरको मोटरसाइकलका चालक धोबिनी गाउँपालिका–२, गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी रहेको उनले बताए।प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका रंजित महतो र १९ वर्षीय सुपेन राउत भने गम्भिर घाइते भएका छन्।त्यसैगरी ना३प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ पनि गम्भीर घाइते भएको पर्सा प्रहरीले जनाएको छ।
एउटामा दुई र एउटामा तीन जना लोड मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ।

अघिल्लो सामग्रीसाम्बाको ह्याटिकमा एपीएफको फराकिलो जित
यसपछिको सामग्रीनिजगढ मेयर गोल्डकप फुटबलको उपाधिकालागी नेपाल खेलकुद क्लव रौतहट र नवजनजागृती युवा क्लव सिमरा बारा भिड्ने