जनकपुरधाम : धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१९ शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए। 

rupesh yadav

मुकेश धनुषाको कमला नगरपालिका वडा नम्बर-८ घर भई हाल मामा घरमा बस्दै आएका थिए। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ। अचानक आएको गोली लागेर उनी गम्भीर घाइते भएका मुकेशको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका वडा नम्बर–४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उपरीक्षक रजौरेले जानकारी दिए। 

अघिल्लो सामग्रीआज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदै
यसपछिको सामग्रीघाँटी काटिएको अवस्थामा शव फेला