फागुन २१, जनकपुरधाम- धनुषाको कमला नगरपालिका–४मा दुर्घटना परि एकमहिलाको मृत्यु भएको छ भने ट्रयाक्टरको टेलरमा किचिएर दुई जना महिला गंभीर घाइते भएकी छिन् ।
शुक्रबार पूर्वी धनुषाको कमला नगरपालिका–४ बरेरबा टोल स्थित बालुवा लोड गरेको ट्रयाक्टरको टेलर पल्टेर दुर्घटनाग्रस्त भएको थियो । ज १ त ७१५८ नम्बरको ट्रयाक्टरले किच्दा कमला नगरपालिका– ४ बरेरबाकी ५० बर्षीय श्रीमति लीलादेवी अरगरियाको घटनास्थलमै मृत्यू भएको छ ।

सोही दुर्घटनामा परी स्थानीय गँगाई साहकी ७० बर्षीय श्रीमति सकुन्तला देवी साहको टाउकोको खप्पर उडेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रविनराज मैनालीका अनुसार, सोही दुर्घटनामा परी स्थानीय मितन मुखियाकी अन्दाजी ५५ वर्षीय देव कुमारी मुखियाको पैताला नै काटिएको छ । सो घटनामा ट्रयाक्टर चालक र अन्य एक जनालाई प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर ज्यान बचाएको बताइएको छ । स्थानीयहरुले दुबै जनालाई मर्ने गरी कुटपिट गरिरहेको अवस्थामा प्रहरी पुगेर उनीहरुको ज्यान जोगाएको हो । घटनाबारे अनुसन्धान जारी राखिएको ईन्सपेक्टर मैनालीले बताए । टाउकोमा गम्भिर चोट लागेकी महिलाको समेत अवस्था गम्भिर रहेको बताइएको छ । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको बताइएको छ ।

अघिल्लो सामग्रीरुसले गर्‍यो २ शहरमा अस्थायी युद्धविराम
यसपछिको सामग्रीगौरको जुद्ध मा. विमा विद्यार्थीहरुले गरे तोडफोड