रौतहट,०१ चैत्र- नेपाली काङ्ग्रेस को केन्द्रिय कार्यसमितीले निर्देशन गरे आनुसार देशै भर “घर घर जाऔं, कांग्रेस जिताऔं” अभियान को थालनी भएको छ। सोही अभियान अनुरुप रौतहटको क्षेत्र नम्बर ४ को क्षेत्रीय कार्यक्रम भोलि बुधबार बृन्दावनमा हुने तय भएको हो ।
बृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित हर्साहा आँप गाछीको चौरीमा भोलि बुधबार “घर घर जाऔं, कांग्रेस जिताऔं” अभियान हुने क्षेत्र न ४ का सभापती राम स्नेही राय यादव ले जानकारी दिए। मंगलवार बसेको क्षेत्रीय कार्य समिती को बैठकले सो निर्णय गरेको क्षेत्रीय सचिव कृष्ण हुमागाईले जानकारी दिएका छ्न । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कल्याण कुमार गुरुङ उपस्थिति रहने आयोजक समितिले जानकारी दिएका छ्न ।
गत आइतबार गरुडामा गुरुङ ले सो अभियान को उद्घाटन गरेका हुन । भोलि बुधबार हार्षामा हुने सो कार्यक्रमामा सम्पुर्ण काङ्ग्रेसि जन,वडा सभापती,क्षेत्रीय प्रतिनिधि तथा नेपाली काङ्ग्रेस मा आस्थावान सम्पुर्णमा अनिवार्य उपस्थितीको लागी समेत अपिल गरिएको छ। केन्द्रिय कार्यक्रम को सर्कुलर अनुसार देश ब्यापि रुपाम कांग्रेस सफल हुने र अब को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस पहिलो हुने नेपाली काङ्ग्रेस नेता सुमन गौतम बताएका छ्न ।