काठमाडौं : ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ।  कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो। जसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले २१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 
 
आईपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ। 

अघिल्लो सामग्रीसुन तोलामा ११ सय घट्यो
यसपछिको सामग्रीमाओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ :प्रचण्ड