२० फागुन, जनकपुरधाम- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेश प्रदेशको भ्रमण गर्ने भएका छन् ।
मुख्यमन्त्री पोखरेल मधेश सरकारको निमन्त्रणामा शनिबार जनकपुरधाम आउन लागेका हुन्। पोखरेलको भ्रमण दुई दिनसम्म हुने मधेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।उनका अनुसार पोखरेलको नेतृत्वमा १७ सदस्यीय प्रतिनिधि मण्डल जनकपुरधाम आउनेछन् । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेललाई सम्मान गरिने तथा अन्तरप्रदेशीय सम्बन्धका बिषयमा छलफल हुने मधेश सरकारले जनाएको छ ।
गण्डकी प्रदेश गण्डकी प्रदेशका मुख्यमन्त्री शनिबार जनकपुरधाम आउने