फागुन २१,काठमाडौं- कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था आज देखि हटाइएको छ। उपत्यकाको तीनै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले शुक्रवार एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएका थिए। पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकाले फागुन २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन उक्त आदेशमा भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।प्रशासन कार्यालयले कोरोना संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो।

अघिल्लो सामग्रीपुटिनको टाउको मूल्य १० लाख डलर
यसपछिको सामग्रीरुसले गर्‍यो २ शहरमा अस्थायी युद्धविराम