रौतहट- नेपाली कांग्रेस रौतहट सभापतिमा सुनिलकुमार यादव विजयी भएका छन्। उनले १ हजार ३ सय ६२ मत प्राप्त गरेका छन्। निकटतम हृद्यनारायण यादवले १ हजार ६४ मत पाए। विजयी सुनिलकुमार यादव देउवा पक्षका र हृद्यनारायण कोइराला पक्षका हुन्। जिल्ला कार्यसमितिको एक सचिव बाहेक सबै पदमा देउवा पक्षकै बर्चश्व रेहेको छ।

May be an image of 3 people, beard and outdoors

दुई उपसभापतिमा संस्थापन पक्षकै धिरेन्द्रकुमार सिहले १ हजार २ सय ८७ मत र रामलोचन प्रसाद कलवारले १ हजार ३ सय ८३ मत ल्याई विजयी भएका छन्। कोइराला पक्षका मोहम्मद महताब आलमले १ हजार १ सय ९१ र विनोद गुप्ताले ८ सय २५ मत पाए। सचिवमा संस्थापन पक्षका राजेशकुमार चौधरीले १ हजार ३ सय ९ मत पाएर विजयी भए। सचिवमा भने कोइराला पक्षका रामचन्द्र गिरिले १ हजार १ सय ४२ मत पाएर विजयी भए। संस्थापन पक्षका सुभाष कोइरालालाई १० मतले पछि पार्दै गिरी विजयी भएका हुन्। दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलमले १ हजार ३ सय ८३ र सिकेन्द्रप्रसाद पटेलले १ हजार २ सय ४१ मत पाई विजयी भएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले जनाकारी दिए।

बाकी सदस्यहरुको मत गणना दिउसो २ बजे पछी हुने भनिएको छ । कुलमत २५ सय ९१ मध्ये २५ सय १८ मत खसेको थियो भने कुलमत ९७% प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो सामग्रीपल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न
यसपछिको सामग्रीआज विश्वभर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइँदै