रौतहट- नेपाली कांग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन आज हुदैछ । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन २१ गते हुने भनिए पनि निर्वाचनको अन्तिम समयमा स्थगित भएको थियो । आज बिहान साढे आठ बजेबाट निर्वाचन सुरु हुने सचिवका उमेद्वार सुमन गौतमले जानकारी दिए ।
सभापति पदमा उम्मेदवारी दर्ता गराएका सुनिल यादव संस्थापन पक्ष र हृदय नारायण राय यादव शेखर कोइराला समूहका हुन् ।सभापतिमा मनोनयन दर्ता गराएका सुनिल यादव संस्थापन पक्षका तर्फबाट उपसभापतिमा धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार,सचिवमा सुवास कोइराला र राजेश कुमार चौधरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्र प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी, कोइराला पक्षीय सभापतिका उम्मेदवार हृदय नारायण यादवको प्यानलबाट उपसभापतिमा महताव आलम र बिनोद गुप्ता, सचिवमा सुमन गौतम र राम चन्द्र गिरि तथा सहसचिवमा धर्मेन्द्र प्रसाद र शेख मजिद अलि ले उम्मेदवारी दर्ता गराएका छन् । २ हजार ५९० जना मतदाता रहेको छ । आज बिहान साढे आठ बजेबाट गौरको जुद्द माविमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।