फागुन २१, एजेन्सी- आइसिसी एकदिवसीय महिला विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई १२ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।टस हारेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३१० रन बनाएको थियो। ३ सय ११ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९८ रन मात्रै बनाएपछि अस्ट्रेलिया विजयी भयो। इंग्ल्याण्डाका लागि नट स्केभरले शतकीय इनिङ खेलिन्। उनले ८५ बलमा १०९ रनको नटआउट शतकीय इनिङ खेलेपनि टीमको हार भने टार्न सकिनन्। यसैगरी टेमी बिआमाउन्ट ७४ रनमा आउट हुँदा हेथर नाइट ४० रनमा पभेलियन फर्किइन्। अष्ट्रेलियाका लागि एलेन किंगले ३ विकेट लिँदा तहिला मेग्राथ र जेन जोनसेनले दुई दुई विकेट लिए।पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३१० रनको विशाल योगफल तयार पारेको थियो। अष्ट्रेलियाका लागि रिचल हेनेसले १३० रन बनाउँदा उनले १ सय ३१ बल खेल्दा १ छक्का र १४ चौका प्रहार गरिन्।त्यस्तै, कप्तान मेग लेनिङले ८६ रन बनाएर आउट हुँदा एलेसा हेलि २८ तथा वेथ मोनीले २७ रन बनाए।
खेलकुद एकदिवसीय महिला विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात