गत हप्ता मनोसामाजिक समस्याहरूको उपचार सम्बन्धी अभिमुखीकरण तालिममा प्रशिक्षकका रूपमा प्रस्तुत भएको थिएँ म । स्वास्थ्यकर्मीहरूका लागि सञ्चालित उक्त तालिमका सहभागीहरूले छलफलका क्रममा आफ्नो गाउँठाउँमा रहेको आत्महत्याको कहालीलाग्दो तस्बिर देखाएका थिए । त्यसै समय ‘चितवनको गणेशकुञ्ज गाउँमा आत्महत्याको डरलाग्दो तथ्यांक’ बोकेको मिडिया रिपोर्ट ९राजेश घिमिरे, सेतोपाटी अनलाइन, २०७८ फागुन ५० पढ्न पाएँ । मनोचिकित्सक भईकन पनि मलाई सकभर यो प्रसंग नआइदिए हुन्थ्यो अनि यसबारे बोल्न–पढ्न–लेख्न नपरे हुन्थ्यो भन्ने लागिरहन्छ । तर के गर्नु १

चितवनको त्यो गाउँमा चार कक्षाका बालबालिकाले रूखलाई ‘मान्छे झुन्डिने ठाउँ’ का रूपमा बुझ्न थालेका रहेछन् । शिक्षकशिक्षिका अनि अभिभावकले हप्काउँदा या आफूलाई मन नपर्ने अवस्था आउँदा ती बालबालिका ‘मरिदिन्छु’ भनेर घुर्की लगाउँदा रहेछन् । बालमस्तिष्कमै ‘आत्महत्या गरेर मरिदिनु नै सबै समस्याको हल हो’ भन्ने मनोविज्ञानको विकास हुनु चिन्ताजनक नै हो । तथ्यांकहरूले पनि त्यस ठाउँमा त्यस्तै नकारात्मक मानसिकता फैलिएको प्रस्ट्याउँछन् । ‘पन्ध्र दिनमा तीन जनाले, एक वर्षमा सात जना अनि पाँच वर्षमा चौध जनाले’, त्यो पनि एकै गाउँका मानिसहरूले, आत्महत्या गरेर ज्यानै फाल्नु पक्कै पनि सामान्य अवस्था होइन । प्रहरी तथ्यांक अनुसार, चितवन जिल्लामा गत आर्थिक वर्षमा २१९ यो वर्ष आहिलेसम्म ९९ जनाको आत्महत्याका कारण मृत्यु भएको छ । ‘रेकर्ड’ नभएका त अझ कति होलान् १ वरिपरिका अरू गाउँमा समेत यो समस्या फैलन सक्नेमा चिन्तित रहेछन् सरोकारवालाहरू । के आत्महत्या सरुवा रोग नै हो त रु मनस्थितिमा आउने नकारात्मकता कोभिड महामारीजस्तै गरी व्यक्ति, परिवार अनि समाजमा फैलिन सक्ला रु प्रश्न गम्भीरै छ ।मैले काम गर्ने जिल्ला काभ्रेको अवस्था पनि त्यत्ति राम्रो छैन, यस मामिलामा । हामी चिकित्सकहरूले त अस्पतालमा ल्याइपुर्‍याइएका आत्महत्याको प्रयास गर्ने बिरामीहरूको आँकडाका आधारमै आत्महत्यारूपी समस्याको आकलन गर्ने हो । केही वर्षअघि हामीले ६ महिनामा ७३ महिनामा करिब १२–१३ जनाले आत्महत्याको प्रयास गरेकाले धुलिखेल अस्पताल ल्याइपुर्‍याइएको तथ्यांकका आधारमा एउटा स्वास्थ्य जर्नलमा शोधपत्र प्रकाशित गरेका पनि थियौं । अझै पनि वर्षा ऋतु कृषिको मौसम मा कीटनाशक औषधि खाई आत्महत्याको प्रयास गर्ने बिरामीहरू हाम्रो निगरानीमा ल्याइपुर्‍याइने गरिएकै छन् । त्यस समूहमा महिला अनि किशोरकिशोरीकै अधिकता पाइने गरेको छ । विस्तृत मानसिक परीक्षण गर्दा तिनीहरूमा हामी मनोसामाजिक समस्याहरूका रूपमा डिप्रेसन, मद्यपानजन्य अनि व्यक्तित्वजन्य समस्याहरू अधिक मात्रामा पाउने गर्छौं । त्यसैले आत्महत्यालाई मानसिक स्वास्थ्यको गम्भीर समस्या या सबै प्रकारका मानसिक रोगहरूको जटिलताका रूपमा लिने गरिएको छ । तर प्रश्न उठ्छ फेरि पनि( आत्महत्या मनोसामाजिक अनि मनोवैज्ञानिक समस्या मात्र हो त रु

‘एक व्यक्तिका सहोदर तीन दाजुभाइमध्ये दुई जनाले आत्महत्या गरेरै मृत्युवरण गरेकाले कान्छा भाइ उद्वेलित भइरहेका थिए रे १’ उक्त तालिममा एक स्वास्थ्यकर्मी सुनाउँदै थिए, ‘मेरो विचारमा ती कान्छा भाइले पनि आत्महत्या गरेरै छाड्छन् । आत्महत्या त वंशानुगत नै हो नि, होइन र सर रु’ मानिसको मन अनि उसको मनोविज्ञान गणितका सूत्रजस्तै सरल रेखामा हिँड्ने भए अनि प्रश्नोत्तर गरेरै यो मनोवृत्तिको सैद्धान्तिक रूपमा हल खोज्न सकिने भए त म पनि ठोकुवा गरेरै भनिदिन्थें होला, हो या होइन ।केही हप्ताअघि राष्ट्रिय योजना आयोगको निमन्त्रणामा आत्महत्या निराकरणका लागि राष्ट्रिय कार्ययोजना निर्माण सम्बन्धी एउटा अनलाइन गोष्ठीमा सहभागी हुने अवसर मिलेको थियो । मनोचिकित्सक, मनोविद्, प्रशासक, प्रहरी, सामाजिक कार्यकर्ता, योजनाविद्, एनजीओकर्मी आदि सहभागी उक्त कार्यक्रममा प्रश्न उठेको थियो( ‘आत्महत्या वास्तवमा कानुनी समस्या हो या स्वास्थ्य समस्या रु यसलाई गैरकानुनी या दण्डनीय अपराधकै श्रेणीमा राखिराखेर यो समस्याको निराकरण गर्न सकिएला त रु’ सीधा प्रश्नको सरल उत्तरका रूपमा यसको समाधान दिन पक्कै पनि नसकिएला ।

सीधासीधा ‘मृत्युको इच्छा’ व्यक्त गर्ने रोगीहरू, ‘तपाईंलाई मरूँमरूँजस्तो लाग्छ रु’ भन्ने हाम्रो सीधा प्रश्नको सरल उत्तर दिनेहरू, आत्महत्याप्रति उत्साह व्यक्त गरिरहने या कुनै न कुनै रूपमा आत्महानिको लक्षण देखाउने बिरामीहरूलाई हामी मानसिक वार्डमा भर्नै गरेर निगरानीमा राख्छौं । विशेष जाँच–पडतालपश्चात् तिनमा पाइने मनोसामाजिक समस्याहरूको उपचारका लागि अहोरात्र खट्छौं । ‘आत्महत्याको प्रयास’ गर्नेहरूलाई तिनको मनोभावको अध्ययन गरेर उपचार पनि गरेका छौं हामीले । तर पनि यो जत्तिको अस्पष्ट, निराशाजनक, अपजसे अनि मनमा उद्वेग पैदा गर्ने अर्को विषय नै छैन मेरा लागि ।कुनै पनि मानसिक समस्यालाई कार्य–कारण सम्बन्धको एक्लो मानकले कदापि इंगित गर्न सकिंँदैन । आत्महत्या त अझ मनोसामाजिक समस्याको वियोगान्त रूप अनि ती समस्याहरू अझै जटिल बन्दै गएको अवस्था हो । तर शारीरिक रोगहरूको जटिलताजस्तो आत्महत्या गरिसकेपछि फर्केर आउँदैनन् ती व्यक्ति । फेरि एक पटक आत्महत्याको प्रयास गर्ने व्यक्तिले त्यस्तो प्रयास दोहोर्‍याउने सम्भावना भने पचास प्रतिशतभन्दा बढी हुन्छ । तर आत्महत्याको प्रयास गर्नेहरूलार्ई मनोसामाजिक उपचारद्वारा भविष्यमा त्यस्तो गर्नबाट बचाउने प्रयास भने गर्न सकिन्छ । अनि यो कटु यथार्थ नै हो, प्रायशः ‘आत्महत्या’ गर्ने व्यक्तिहरू कुनै न कुनै मानसिक रोगद्वारा पीडित हुन्छन् नै । त्यसैले डिप्रेसन, बाइपोलार डिस्अर्डर, मद्यपानरलागूपदार्थजन्य मानसिक समस्या, साइकोसिसजस्ता मनोरोगहरूको शीघ्र पहिचान एवं उपचार गर्न मात्र सक्ने हो भने पनि असी–नब्बे प्रतिशत आत्महत्यालाई नियन्त्रण गर्न सकिन्छ ।

आत्महत्याका सबै कारक तत्त्वलाई पूर्ण रूपमै जान्न नसकिए पनि तीन खण्डमा बाँडेर अध्ययन भने गर्ने गरिएको छ । आनुवंशिकता अनि सेरोटोनिन नामक रसायनको कमीलाई जैविक कारक मानिएको छ । तर प्रस्ट्याउनुपर्छ नै( आनुवंशिकता आत्महत्या गर्ने प्रवृत्ति अनि मानसिक रोगहरूका लागि केही मानेमा जिम्मेवार होला, सबैमा यो वंशानुगत रूपमा सर्नेजसरी नै लागू भएको भने पाइँदैन । आत्महत्याको मनोवैज्ञानिक कारणमा फ्रायड, मेनिन्जर आदिका सिद्धान्त अनुसार ‘आफूले आफूप्रति नै देखाएको रिस’ अनि ‘मर्ने या मार्ने चाहना’ आदिलाई देखाइएको छ । तर किन त रु पूर्ण उत्तर छैन हामीसँग ।आत्महत्याका सामाजिक अवयव पनि छन् । हाम्रो परिवेशमा गरिबी, अभाव, चेतनाको कमी आदि महत्त्वपूर्ण हुन सक्छन् भने विकसित राष्ट्रहरूमा तीव्र औद्योगिकीकरण, सामाजिक संरचनाको उतारचढाव, पारिवारिक विघटन, भौतिकवादी–व्यक्तिवादी–उपभोक्तावादी संस्कृतिको प्रभाव, असहिष्णुता, आध्यात्मिक चिन्तनको कमी आदिलाई अध्ययनहरूले आत्महत्याका लागि जिम्मेवार मानेका छन् । त्यस्तै, घरेलु हिंसा, पतिपत्नी, सासू–बुहारी कलह, दाइजो प्रथा, छोरीे जन्मँदा सुत्केरीहरूले भोग्ने पीडा, पतिहरूमा व्याप्त मद्यपानको अम्मल र जुवातासको लत आदि पनि महिलालाई आत्महत्याका लागि प्रेरित गर्ने कारक तत्त्व हुन् ।

आत्महत्या सरुवा रोगझैं हुन सक्छ त भन्ने प्रश्नमा घोत्लिँदा, बेलाबेलामा समाचारहरूमा आइरहेका सामूहिक–पारिवारिक आत्महत्याका अनि विद्यार्थी–कृषक वर्ग आदिमा देखिने सामूहिक आत्महत्याका भयावह खबरहरूले यो प्रवृत्तिको सरुवा रूप नै देखाउँछन् । विश्वइतिहासमै पनि धार्मिक–साम्प्रदायिक अनुबन्धनमा परेर अथवा अन्धविश्वासको चपेटामा परेर ‘समुन्नत भविष्य’ अनि ‘आदर्श संसार’ या ‘मुक्ति’ को कामना गरी सामूहिक रूपमै स्व–मृत्युवरण गरेका कैयौं सन्दर्भ पाइन्छन् । सतीप्रथा, जोहर, संन्यास–मरण या मोक्षमार्ग आदि पनि सामूहिक आत्महत्याकै प्रकार हुन् । राजनीतिक कारणले आत्मघाती विस्फोट गराउने या सामूहिक आत्मदाह गर्ने प्रवृत्ति पनि यदाकदा देखिन्छ ।आत्महत्या गर्ने प्रवृत्ति संक्रामक पनि हुन सक्छ अनि यही संक्रामकता नै सामूहिक आत्महत्याको प्रमुख माध्यम हुन सक्ने आकलन गरिएको छ । व्यक्तिगत सामीप्य वा सम्बन्धहरूका कारण आत्महत्या गर्ने विचार, इच्छा या प्रवृत्ति प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एकबाट अर्कोमा सर्न सक्छ । वाईफाई, स्मार्टफोन अनि सामाजिक सञ्जालको व्यापकता रहेको आजको समाजमा त किशोरवर्गमा झनै भयावह रूपमा फैलन सक्छ यो प्रवृत्ति । एकअर्काको देखासिकी या नक्कल गर्ने प्रवृत्ति, अझ ठूलाबडाको अनुकरण गर्ने चलनले पनि सामूहिक आत्महत्याको संख्या बढाएको हुन सक्छ । हारेका सिपाहीहरू या योद्धाहरूले सामूहिक आत्महत्या गर्ने गरेको इतिहासमा पढिएको पनि हो । राजनीतिक नेता या सिनेकर्मीहरूजस्ता लोकप्रिय या प्रसिद्ध व्यक्तिको आत्महत्याको खबरले अन्य व्यक्तिलाई पनि त्यसतर्फ प्रवृत्त गराउन सक्ने तथ्य पनि अध्ययनहरूले औंल्याएका छन् । व्यक्तिगत स्वार्थभन्दा समूहगत स्वार्थ हाबी भएको अवस्थामा या एकै किसिमका चिन्ता या तनावले ग्रस्त गराएको समूह ९प्रायशः परिवारका सदस्यहरू० पनि एकैसाथ मर्न तम्सिन सक्ने तथ्यसमेत मनोवैज्ञानिकहरूले औंल्याएका छन् ।यी सब जैविक, मनोवैज्ञानिक अनि सामाजिक अवयवहरूको निराकरण या उपचार एक्लो मनोचिकित्सकले मात्र कसरी गर्न सक्ला त रु फेरि अपराधका रूपमा हेरेर कानुनी उपचारले मात्र निराकरण हुन सक्दैन आत्महत्याजस्तो गम्भीर विषय । यसका लागि सामूहिक राष्ट्रिय चिन्तन एवं संकल्पकै आवश्यकता रहन्छ ।

विडम्बना, त्यति बजेट नचाहिने मानसिक रोगहरूको उपचार योजना अझै पनि हाम्रो मुलुकको मूल स्वास्थ्यनीतिमा समेटिन सकेको छैन । मानसिक रोगका लागि प्रभावकारी मानिएका औषधिहरूको परिपूर्तिका लागि एक प्रतिशतभन्दा कमै मात्र पनि स्वास्थ्य बजेट प्रत्याभूत गर्ने हो भने, सम्बन्धित निकायले नै मनोसामाजिक परामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने हो भने आत्महत्या दर घट्दै जानेछ ।व्यक्तिविशेषको आत्महत्या–इच्छा हटाउन परिवार एवं बन्धुवर्गको ठूलो भूमिका हुन्छ । आत्महत्याबारे कुरै गर्न नहुने या त्यसलाई लुकाउनैपर्ने गलत धारणा समाजमा व्याप्त छ । आत्महत्याको विचार सम्बन्धी प्रश्न गर्दैमा कसैले त्यस्तो प्रयास गरिहाल्दैन, बरु त्यसले उसलाई मन फुकाउने मौका दिन्छ । अतः आत्महत्याको सम्भावना भएका व्यक्ति या समूहको पहिचान गरेर तिनलाई आफ्ना भावना–मनस्थिति या तनावजन्य परिस्थितिबारे खुलासा गर्ने वातावरण बनाइदिनुपर्छ । परिवारमा, विद्यालयहरूमा अनि कार्यस्थलमै पनि वार्तालाप, सरसल्लाह अनि घुलमिल गर्ने अवस्था बनाइदिनुपर्छ । बेलाबेलै मर्ने चाहना व्यक्त गर्ने जोसुकैलाई मनोचिकित्सककहाँ ल्याउनुपर्छ, यसलाई हलुका रूपमा कदापि लिन हुँदैन । यी तथ्यबारे चेतना फैलाउन शिक्षक, राजनीतिक कार्यकर्ता, अभिभावक, मिडिया अनि नागरिक समाज सबैमा सामूहिक चिन्तन अनिवार्य छ । आत्महत्याको प्रयास असफल भएर अस्पताल ल्याइएका व्यक्तिहरूलाई मनोविमर्शसहित निदानजन्य क्रियाकलापमा सामेल गर्नुपर्छ । स्कुल, विश्वविद्यालयजस्ता ठाउँहरूमा मानसिक स्वास्थ्य अनि आत्महत्याबारे सुसूचित गराउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । स्कुले शिक्षामै मानसिक स्वास्थ्यको पाठ्यक्रम राखेर विद्यार्थीहरूलाई आत्महत्या निराकरणका पाठहरू पढाउनुपर्छ ।

हाम्रा सांस्कृतिक विधि–व्यवहार आदिले पनि आत्महत्यामा न्यूनीकरण गराउन सक्छन् । प्रौढावस्था या वयस्क समूहहरूसँग अनुभव आदानप्रदान अनि आध्यात्मिक स्रोत–सन्दर्भहरूको अध्ययन–सत्संग आदिले पनि तनाव व्यवस्थापनमा मद्दत पुर्‍याउन सक्छन् । आत्महत्या संक्रामक पनि हुन सक्ने तथ्यलाई बेवास्ता गर्न सकिन्न । अतः मिडियाकर्मीहरूले पनि यस्ता समाचार सम्प्रेषण गर्दा सचेतना अनि संवेदनशीलता अपनाउनुपर्छ । यसमा प्रेस काउन्सिल, पत्रकार महासंघ अनि सम्बन्धित निकायको ध्यान जानुपर्छ । गरिबी, असमानता, आर्थिक दुरवस्थाजस्ता आत्महत्याका सामाजिक कारकहरूको निराकरण गर्न त राजनीतिक इच्छाशक्तिकै आवश्यकता पर्छ । सबै पक्षको हातेमालो भए मात्र आत्महत्याका यति साह्रो समाचार हामीले फेरि पढ्न–सुन्न नपर्ने हुन सक्ला । (अजय रिसाल धुलिखेल अस्पतालका मनोचिकित्सक हुन् )

अघिल्लो सामग्रीप्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो : सुवास नेम्वाङ
यसपछिको सामग्रीसंसदबाट महाभियोग सिफारिस समिति गठन