२९ माघ,रौतहट//कतार एयरवेज सहिद स्मारक ुएु डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २(० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे । मछिन्द्रले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको नवौं मिनेटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाऊ गरे ।खेलको १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १(० गोलको अग्रता दिलाए । रञ्‍जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेड गोल गरे ।२५ औं मिनेटमा मछिन्द्रका सुनिलको उत्कृष्ट फ्रि(किक च्यासलका गोलकिपर प्रदिप भण्डारीले मुश्किलले बचाए ।खेलको ३५ औं मिनेटमा सुनिलले गोल गर्दै मछिन्द्रलाई २(० को अग्रता दिलाए । विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे ।४० औं मिनेटमा च्यासलका मौसा अबागानाको उत्कृष्ट प्रहार मछिन्द्रका गोलकिपर विशालले उत्कृष्ट बचाऊ गरे ।खेलको ५१ औं मिनेटमा मछिन्द्रका विमलको फ्लिक प्रहार पोस्टमा लाग्दै फर्किएको थियो । आन्द्रेस नियाको लामो पासमा विमलले उत्कृष्ट प्रहार गरेका थिए ।६६ औं मिनेटमा मछिन्द्रका मिडफिल्डर मनिष डाँगीले गम्भीर चोट बोके ।

च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो। उनलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ। उनको स्वास्थ्यमा सुधार आएको बताईएको छ ।७६ औं मिनेटमा मछिन्द्रका विशाल राई वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार च्यासलका डिफेन्डर यानिकले गोललाइनबाट बचाए ।खेलको ८९ औं मिनेटमा च्यासलका विकास मेराग्लियाको प्रहारले पोस्टको दिशा लिन सकेन ।यस्तै खेलको ८२ औं मिनेटमा मछिन्द्रका विशालको प्रहार च्यासलका गोलकिपर प्रदिपले उत्कृष्ट बचाउ गरेका थिए ।जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ ।मछिन्द्रले दोस्रो स्थानको मनाङविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।

अघिल्लो सामग्रीयुएईसँग नेपाल २५ रनले पराजित
यसपछिको सामग्रीपाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ