माघ २४,रौतहट//सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले यसबारे जानकारी दिएका हुन् ।
आयोगले जेठ ४ गते निर्वाचन गराउने प्रस्ताव गरेको थियो, सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय तह चुनाव गराउने निर्णय गरेको छ । वैशाख ३० गते वा जेठ ४ गर्दा कानुनमा खासै परिमार्जन गर्नु नपर्ने जानकारी निर्वाचन आयोगले गराएको छ, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।
मन्त्रिपरिषद्‍को बैठक बस्नुअघि सरकारले निर्वाचन आयोगका पदाधिकारीसँग यसबारे परामर्श गरेको थियो । आयोगका पदाधिकारीहरूले वैशाख ३० गतेका लागि निर्वाचन मिति उपयुक्त हुने सुझाव दिएका थिए ।
आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सोमबारको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरिएको जानकारी दिए ।

अघिल्लो सामग्रीमधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा कृष्णबहादुर राउत
यसपछिको सामग्रीसरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप, २ प्रहरी घाइते