१० फल्गुन,रौतहट //रौतहटमा भन्सार राजश्व छलेर नेपाल भित्र्याएको लाखौ मुल्यको कपडा बरामत भएको छ । रौतहटको भन्सारमा भन्सार राजश्व छलेर भित्र्याएको लाखौ मुल्यको कपडा सहित शसस्त्र प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाइ नपा ३ लक्ष्मिपुरटोल बस्ने २७ बर्षिय महमद फिरोज रहेका छन्।सोमवार रौतहटको गढिमाई नगरपालिका वडा नम्बर ८ मलाहीटोल बाट गस्तिमा रहेको टोलीले अटोरिक्सामा राखेर लैजादै गरेको भन्सार छलेको कपडा बरामद गरेको हो ।शसस्त्र प्रहरी ११ नम्वर गण रौतहटका सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्कीका अनुसार ६१४ नम्वरको अटोरिक्सामा राखेर लैजादै गरेको ७ लाख ६ हजार ५ सय मुल्य बराबरको कपडा बरामद भएको हो। बरामद गरिएको कपडासहित पक्राउ परेका फिरोजलाई कार्वाहीको लागी भन्सार कार्यालय गौरमा बुझाएको शसस्त्र प्रहरीले जनाएको छ ।

अघिल्लो सामग्रीबेलायतकी महारानी लाई कोरोना
यसपछिको सामग्री२३ भाषा सङ्कटापन्न अवस्थामा