१० फल्गुन,रौतहट//बेलायतकी महारानी एलिजाबेथलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ९५ वर्षीया महारानीमा संक्रमणको सामान्य लक्षण मात्रै देखिएको बताइएको छ । उहाँलाई चिकित्सकीय निगरानीमा राखिएको छ र संक्रमणसँग सम्बन्धित सम्पूर्ण मापदण्डको ख्याल राखिएको छ,’ दरबारद्वारा जारी वक्तव्यमा भनिएको छ । राजकुमार चार्ल्समा संक्रमण पुष्टि भएसँगै महारानीमा पनि संक्रमण देखिएको हो । यद्यपि महारानी एलिजाबेथलाई राजकुमारबाटै संक्रमण सरेको हो वा होइन भन्ने पुष्टि भने गरिएको छैन । ७३ वर्षीय राजकुमार चार्ल्सलाई फेब्रुअरी १० मा संक्रमण पुष्टि भएको थियो । यस्तै उनकी श्रीमती ७४ वर्षीया क्यामेलालाई भने फेब्रुअरी १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । राजकुमार चार्ल्स दोस्रोपटक संक्रमित भएका हुन् भने क्यामेलालाई पहिलोपटक संक्रमण भएको हो । महारानी एलिजाबेथ बसोबास गर्दै आइरहेको विन्डसर दरबारमा कार्यरत धेरैजनालाई कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ ।
बेलायतले संक्रमण भएपछि अनिवार्य रूपमा आइसोलेसनमा बस्नुपर्ने कानुनी बाध्यतालाई हटाउनु एकदिन अघि महारानीमा संक्रमण पुष्टि भएको हो । महारानी एलिजाबेथ आगामी अप्रिलमा ९६ वर्षमा प्रवेश गर्ने छिन् । उनले जनवरी २०२१ मा कोरोनाविरुद्धको पहिलो खोप लगाएको र तत्पश्चात बाँकी खोप पनि लगाएको बताइएको छ ।
अन्तराष्ट्रिय बेलायतकी महारानी लाई कोरोना