माघ २५, रौतहट//नेपालमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने सम्भावना दखिएको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का केही स्थानमा हल्का पानी पर्ने सम्भावना छ । बुधबारदेखि भने सदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद सजिना शाक्यले जानकारी दिइन् । यसपछि विस्तारै गर्मी सुरु हुने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अंग्रेजी वर्षको डिसेम्बरदेखि फेब्रुअरी महिनाको अवधिलाई हिउँदयाम मानिन्छ । नेपालमा विगत ३० वर्षको अवधिमा भएको वर्षाको तथ्यांकको आधारमा औसत वर्षा निकालिन्छ ।

मौसमविदले यसअघि नै नेपालमा हिउँदमा पनि सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेका थिए । जुन वर्षको मनसुनमा धेरै वर्षा हुन्छ त्यो वर्षको ‘पोस्ट मनसुन’ ९मनसुन पछिका महिना० र हिउँदमा पनि धेरै वर्षा हुने गरेको अनुभव छ । यस वर्षको प्रि(मनसुन र मनसुन अवधिमा अत्यधिक वर्षा भएको थियो । सो वर्षाका कारण आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो ।

अघिल्लो सामग्रीधरानमा कोरोना संक्रमित महिलाको मृत्यु
यसपछिको सामग्रीअध्यक्ष प्रचण्ड: माओवादी शक्तिहरु एकजुट हुन्छौँ