मत नपुग्दा पुनः मतदान

नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा तीनै जना उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः मतदान हुँदैछ ।
सभापतिका तीन जना उमेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले आज पुनः मतदान हुने भएको हो ।
पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गर्नुभयो ।
कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ र केसीका बीचमा पुनः मतदान हुनेछ ।
तेस्रो हुने भीमसेनदास प्रधानले भाग लिन पाउनु हुनेछैन ।

अघिल्लो सामग्रीसाझावाणी दैनिक मंसिर १९ गते ई-पेपर
यसपछिको सामग्रीरोमामाथि इन्टरको सानदार जित