२ मंसिर,रौतहट

रौतहटमा जनता आवास घर अन्योलमा परेको छ । रौतहटमा ११६५ घरधुरीको लागी निर्माण गरिएको आवासको सहरी विकास भवन निर्माणले समयमा भुक्तानी नदिदा आन्दोलनको घोषणा गरिएको हो । भवन निर्माणका कर्मचारीहरुको कमजोरीका कारण समय मै भुक्तानी नहुँदा घर निर्माण भएपनि छाना राख्न सकिएको छैन।समय मै भुक्तानी नदिएका कारण समस्या हुने गरेको दलित अगुवा नथुनी माझिले बताए।हामीले भुक्तानीमा सहजताको लागी प्रदेश न २ का भौतिक विकास पूर्वाधार मन्त्रालयमा ज्ञापन पत्र पठाई सकेका छौ “यदि सुनवाई भएन भने आन्दोलन गर्नेछौ “। संघर्ष समितिले माग पुरा नभएको खण्डमा मंसिर ४ गते महेन्द्र राजमार्ग अन्तर्गत चंद्रपुरमा यातायात तथा चक्काजाम गर्ने चेतावनी दिएका छन । नयाँ घर बनाइदिने भन्दै पुरानो घर भत्काए पनि दुई वर्ष बित्दा पनि घर पूर्ण रुपमा बन्न सकेको छैन ।

अघिल्लो सामग्रीरेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने
यसपछिको सामग्रीचिसो मौसममा एलर्जीबाट बच्न छालालाई सुख्खा हुन दिनुहुदैन