पूर्व मन्त्रि समेत रहेका र रौतहट क्षेत्र न ३ को सांसद नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गर्नु भएको छ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको सिम्रौनगढ र परवानीपुर गाउँपालिकाको बेलहियामा शनिवार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व मन्त्रि समेत रहनु भएको प्रभु साहले कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्येक वर्ष प्रदेश दुईमा ४० अर्ब बजेट आइरहे पनि बजेटमा चरम भ्रष्टाचार भएको आरोप लगाउनु भएको छ । हाल प्रहरीले तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरूप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको भन्दै नेता साहले प्रहरीले पाउने कमिसनको व्यवस्था हटाउनुपर्ने बताए ।कमिसनको लोभमा प्रहरीले जबरजस्ती तस्करीको सामान भनी गरिब नागरिकलाई दुःख दिने गरेको नेता साहको भनाई छ ।
आफ्नो दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मल खाद्यलगायतका सामान खरिद गरी ल्याउनेहरूको सामानलाई बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध भनी पक्राउ गरी अनावश्यक दुस्ख दिने कार्य स्वीकार्य नभएको उनले चेतावनी दिए । हिन्दुहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सिम्रौनगढ नगरपालिकास्थित नारिबास र प्रसौनी नगरपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा पनि नगरवासीको ठुलो सहभागिता रहेको थियो । त्यस क्रममा नेता साहलाई स्थानीयले क्षेत्र नं १ बाट चुनाव लड्नसमेत आग्रह गरेका थिए । बाराका क्षेत्र १ को जनता विकासबाट वञ्चित रहेको भन्दै नगरको समाजसेवी तथा युवा वर्गले त्यहाँको विकासको लागि जनप्रतिनिधि नेता साहलाई बनाउनुपर्ने बताएका थिए ।