रौतहट,१३ भाद्र
रौतहटमा सिंचाई आयोजना तथा सडक पुर्वाधारहरुको निरीक्षण, अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फतुवा विजयपुर नगरपालिकामा निर्माण भइरहेको महत्पूर्ण सिंचाई आयोजना तथा सडक पुर्वाधारहरुको निरीक्षण तथा अनुगमन गर्नुका साथै अन्तरक्रिया समेत गरिएको हो ।
सो नगरपालिकाको अरुवा नदिमा निर्माणाधीन दुधिअवा सिंचाई आयोजना र बुनियाद सिंचाई आयोजना को कार्य प्रगति सन्तोषजनक रहेको भएतापनि सोही नगरपालिकाको टेंग्ग्राहा सिंचाई आयोजना,पाच मौजे सिँचाइ आयोजना र सुलभ सिंचाई आयोजनाहरुको निर्माण कार्यमा भने अपेक्षाकृत प्रगति हुन नसकेको नेकपा एमालेका नेता प्रभु शाहले बताउनु भएको छ ।सडक पूर्वधारमा खैरा–हिमालिबास–दुधिअवा सडक खण्ड र विजयपुर–फतुवा–सन्तपुर सडक खण्डमा कालो–पत्रेको कार्य सन्तोष जनक नै रहेको र दुधिअवा–बिजयपुर खण्ड र विजयपुर– पेटभार्वा खण्डको निर्माण कार्य अलपत्र परेको अनुगमन टोलीका ठम्याई रहेको छ । त्यसैगरि शहरी पूर्वधार अन्तर्गतको सितलपुर,बैर्गिनिया,घुसुकपुर र गम्हरिया लगायतका स्थानमा निर्माण भइरहेको नाला,ढलान र कालोपत्रेको काम ठेक्काको समयाअवधि समाप्त भइसक्दा पनि पुरा नभएको टोलीले प्रतिक्रिया दिएको छ ।
ति निर्माणाधिन आयोजनाहरुको अवलोकन निरिक्षण पश्चात दुधिअवा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बन्धित निकायका प्रमुख एवम प्रतिनिधिलाई उपभोक्ताहरुले कडा आलोचना सहित समयमा काम नगर्ने ठेक्दार र गुणस्तरहीन कार्य गर्ने ठेक्दारलाई तुरन्त कारवाही गर्न स्थानियले प्रभु शाह समक्ष माग गरेका छन ।
आवरण फतुवा विजयपुरमा सिचाई आयोजनाका काम अधिकांस अलपत्र