भद्र,०८
काठमाडौं/गुलशन झा, नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ अनुहार हुन् । उनी नेपाली क्रिकेटमा आएको लामो समय भएको छैन । तर, पनि चर्चा भने राम्रो कमाएका छन् । उनले जति चर्चा कमाए त्यति नै सफल पनि हुने अपेक्षा गरिएको छ । नेपाल पुलिस क्लबबाट खेल्ने उनी काठमाडौं मेयर कपबाट देखा परेका थिए । उनले आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान खिचे । उनको प्रदर्शनको आधारमा नै क्याले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाससँग हुने सिरिजका लागि बन्द प्रशिक्षणमा बोलायो ।
पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका उनी नेपाली टोलीबाट खेल्न पाउने कुरामा ढुक्क थिए । बन्द प्रशिक्षणसँगै उनी टिममा पनि परे । टिममा स्थान बनाएका गुलशन हाल खेल्ने मौका खोजी रहेका छन् । पेस बलरको रुपमा चर्चा कमाएका गुलशन हाल नेपाली टोलीको नयाँ अनुहार हुन् । पहिलो पटक टिममा परेका उनी दायाँ हाते तिव्र गतिका बलर हुन् । नेपाली क्रिकेटमा सम्भावना बोकेको फास्ट बलरको रुपमा उनले पहिचान बनाइ सकेका छन् । सर्लाहीको मलगवा घर भएका उनी बाउन्सरको लागि पनि चिनिन्छन् । गत वर्ष फागुनमा सम्पन्न मेयर्स कपमा उनले सम्झन लायक प्रदर्शन गरे । नेपाल पुलिसबाट खेलेका उनले टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरे । फाइनल खेलमा नै उनको प्रदर्शन म्सझन लायक रह्यो । फाइनलमा उनले ७ ओभर बलिंग गर्दै ३६ रन खर्चेर ४ विकेट लिए । फाइनल खेलमा पुलिसले एपीएफलाई ८ विकेटले हराउँदै उपाधि उचाल्यो । गुलशनले भारतको राँचीमा रहेको अरुणोदय क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका थिए । उनले सन् २०१७ देखि भारतमा क्रिकेट सिकिरहेका थिए । गुल्शनले प्रधानमन्त्री कपका लागि छनोट प्रतियोगिता प्रदेश–२ बाट खेलेका थिए । उनले छनोट प्रतियोगिता खेले पनि राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेनन् । प्रदेशको टिममा नै स्थान बनाउन नसकेका गुलशन त्यसपछि भारत फर्किएनन् । उनीमाथि नेपाल पुलिस क्लबको आ“खा गयो । पुलिसले ट्रायलका लागि काठमाडौंको नेक्सन क्रिकेट एकेडेमीमा बोलायो । उक्त एकेडेमिमा उनको प्रदर्शन हेरेर पुलिसले आफ्नो टिममा बोलायो । गुलशन नेपाल पुलिस क्लबका लागि मेयर्स कपका लागि टिममा पर्न सफल भए । मेयर्स कपको अन्तिम दुई खेमा गुलसनले स्थान बनाए । उनले उक्त प्रतियोगिताको दुई खेलमा नै उत्कृष्ट प्रदर्शन गरे । अब राष्ट्रिय टोलीमा परिसकेपछी आफूले डेब्यू गर्ने मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । साथै टिमले दिएको मौकालाई पनि राम्रो तरिकाले सदुपयोग गर्ने उनले बताए । राष्ट्रिय टिममा पर्ने मेरो सपना थियो । त्यो पूरा भएको छ । आज मेरो मिहिनेतले सफलता पाएको छ । टिममा डेब्यू गर्ने अवसर पाएँ भने मैले आफूलाई प्रमाणित गरेर देखाउने छु, उनले बाह्रखरीसँगको कुराकानीमा भने । सेप्टेम्बर १३ तारिख देखि सुरु हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने योजना लिएको छ ।
सिरिजअघि नेपालले पपुवान्युगिनीसँग सेप्टेम्बर ५ र ८ तारिखमा दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । जसका लागि क्यानले शनिवार घोषणा गरेको १७ सदस्यीय टिममा गलसन झाले पनि स्थान बनाएका हुन् ।
खेलकुद राष्ट्रिय क्रिकेटका नयाँ अनुहार गुलशन