रौतहट,१३ भाद्र
रौतहटको चन्द्रपुर नगरपालिकाको गैडाटार-चन्द्रनिगाहपुरमा सवारी आवतजावत ठप्प भएको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण गैडाटार र चन्द्रनिगाहपुर बिचमा पर्ने चादी नदीमा बाढीको चाप बढेपछि विगत ३ दिनदेखि चन्द्रनिगाहपुरबाट गैडाटार र गैडाटारबाट चन्द्रनिगाहपुरमा सवारी साधनहरु आवतजवतमा अवरोध भएको हो । गैडाटारका स्थानियहरु अटो , मोटरसाइकल , भ्यान तथा सुमोका आवतजावत गर्ने गरेका थिए ।
तर केही दिनदेखि परेको बर्षाका कारण चाँदी नदीमा आएको बाढीले सवारी साधनहरु खोलामा नै रोकिदै आएको छ । आल सो सडक हुदै आवतजावत गर्ने स्थानियहरु चन्द्रनिगाहपुबाट चादी नदीसम्म र गैडाटारबाट पनि चादी नदीसम्म मात्र सवारी साधनमा जाने गरेको स्थानियले बताएका छन । गैडाटार र चन्द्रनिगाहपुरको सो चादी नदीमा पुल निर्माण कार्य समयमा नै सम्पन्न गर्न नसकेपछि स्थानियले सास्ति खेप्दै आएका छन । स्थानियले संघर्ष समिति नै बनाएर सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा ठेकेदारलाई ताकेता गरेको भएतापनि चासो नदेखाएकोले कडा संघर्षका कार्यक्रम तय गर्ने संघर्ष समितिका संयोजक लाल बहादुर दोङले बताउनु भयो । केही दिनमा पुर्वपश्चिम राजमार्ग बन्द गर्नुका साथै सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर घेराउ गर्ने समेत दोङले बताउनु भयो । सो खोलाले प्रत्येक बर्ष स्थानियलाई बगाउदा मृत्यु हुने गरेको छ । दर्जनौ मोटरसाइकल बगाउने गरेको छ ।

अघिल्लो सामग्रीपहिरोको कारणले हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अवरुद्ध
यसपछिको सामग्रीफतुवा विजयपुरमा सिचाई आयोजनाका काम अधिकांस अलपत्र