रौतहट,०२ भाद्र
भन्सार छ्ली ल्याएका लत्ताकपडाहरु सहित अटो र अटो चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाका आधारमा बिरगंज महानगरपालिका वडा नं.२१ स्थित गण्डक सडक खण्डमा ना.२ ह १८४३ नम्बरको अटो रोकी जाँच गर्दा बील बीजक विनाको लत्ताकपडाहरु बरामद भएको पर्सा प्रहरीले जनाएको छ।
भन्सार छली ल्याएका सर्टको थान कपडा र टि–सर्टहरू वीरगञ्जबाट बाराको जितपुरतर्फ लैजाँदै गरेको अवस्थामा अटो, कपडा र चालक वीरगञ्ज म.न.पा.वडा नं.११ बस्ने १८ वर्षीय सोनु महमदलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।
बरामद कपडा करिब तिन लाख सड्चालीस हजार चार सय रुपैंया बराबर रहेको बताइएको छ।
कपडा,अटो र चालकलाई आवश्यक कार्यवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरि कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

अघिल्लो सामग्रीबैरागीलाइ सहिद घोषणाको निर्णय कागजमै सिमित
यसपछिको सामग्रीलागु औषध सहित एक अनलाईनको संचालक सहित २ जना पक्राउ