१० श्रावण, काठमाडौँ
दुवै मिर्गौला फेल भएकी हास्य कलाकार पल्पसा डंगोल चम्सुरीुलाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन् ।टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत छिन् ।उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको भएपनि उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी थिइनन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको केही दिन अघि फेसबुक पोस्ट मार्फत आफ्नो र पल्पसाको तस्बिर राखी दीपाश्रीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को स्वास्थ्य सुधारको कामना गरेपछि उनको स्वास्थ्य अवस्था सार्वजनिक भएको थियो ।
स्वास्थ्य अवस्था सार्वजनकि हुँदा कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी थिइन् । उनको यस अभिव्यक्तिमा उनका प्रशंसक तथा सुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गर्नुको साथै मिर्गौला दिन आफुहरु तयार रहेको बताएका थिए ।
तर, नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ । सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नकालागि ५ जना आफन्त इच्छुक रहेको बताइएको छ । यदि म्याच भएमा डंगोलको छिट्टै नै नेपामा नै मिर्गौला प्रत्यारोपण गर्ने पारिवारिक तयारी रहेको छ ।