रौतहट – रौतहटको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा रौतहटको मुख्य बजारमा भने नुन, चिनीदेखि चामल लगाएत खाध्यान्नमा कालो बजारी बढ्न लागेको हो ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को दोश्रो लहर सुरु भए संगै रौतहटमा पनि लकडाउन हुने सम्भावना भए पछि खाद्यान्नको आयात रोकिने भयले खाद्यान्नको माग ह्वात्त बढेपछि अहिले रौतहटको ब्यापरीहरुले खाध्यानन लगाएत सामाग्री लुकाउन लागेगा छन् ।
जिल्लाको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक लगाएतको पसलहरुमा नुन, चिनी र अन्य खाद्यान्नमा व्यापारीले मनोमानी मूल्य असुल्न थालेका छन् ।
जिल्लामा कालो बजारी नियन्त्रण गर्ने गरी बिहिवार सम्म जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । बजारमा चिनी, नुन को भाउ आकासिय पछि उपभोक्ता यसका लागि भौतारिएका छन् ।


बजारमा नुन, चिनी नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बजारमा कालो बजारी बढेको र सामानको अभाव सिर्जना भएको गुनासो सुनेको बताउँदै बजार अनुगमनको तयारी भइरहेको जानकारी दिनुभयो ।
खाद्यय बस्तुमा उपभोक्ता ठगिन थालेको गुनासो आएपछि आफुहरुले बजार अनुगमन थालेको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले गुण तथा खाद्यय नियन्त्रण कार्यलयका कर्मचारी बोलाएर केही दिनमै खाद्य पसलको अनुगमन थाल्ने बताएका छन् । बजार अनुगमन नगरेका कारण उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढदै जान थालेको छ ।
अनुगमन अभावमा बजार महँगो भएकाले सर्वसाधारण उपभोक्ता ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ रहेको छ ।
उपभोक्ता भने ग्यास, चिनी, नुनको अभाव छैन भने प्रशासनले स्थानीय तहसँग समन्वय गरी प्रत्येक घरपरिवारका लागि वडावडामा लगेर सरकारले निर्धारण गरेको मूल्यमा वितरण गर्नुपर्ने बताउँछन् ।

अघिल्लो सामग्रीरौतहटका तीन स्थानमा कोभिड अस्पताल संचालनमा
यसपछिको सामग्रीगायक प्रेमध्वज प्रधानको निधन