२३ बैशाख ,काठमाडौं
सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै छिटोभन्दा छिटो अक्सिजन सिलिण्डर फिर्ता गरिदिन अनुरोध गरेका हुन्।

Home

अनुगमनको क्रममा धेरै ठूलो मात्रामा अक्सिजन सिलिण्डरहरु खाली रहको र भण्डारण गरेर राख्ने गरेको पाइएकाले सम्बन्धित उद्योग व्यवसायीहरु र सरोकारवालालाई अस्पतालमा उपलब्ध हुनेगरी फिर्ता गरिदिन मन्त्रालयको आग्रह छ।

मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।
उलंघन गरेको पाइएमा संक्रमक रोग एेन २०२० को आधारमा अनुगमन गरी कारवाही गरिने समेत जनाइएको छ।

अघिल्लो सामग्रीहमालले चुनौती चाँडै पुरा गर्न आशा
यसपछिको सामग्रीरौतहटमा कोराना संक्रमणका कारण ६ जनाको मृत्यु, १९५ जना संक्रमित