बौशाख २२,बुधवार
कोभिड-१९ को दोश्रो लहर सुरु भए संगै संक्रमितको संख्या तिब्र रुपमा रौतहटमा पनि बढिरहेको बेला संक्रमितको उपचारार्थ तीन स्थानमा कोभिड वार्ड र एचडियु वार्डसहितको केन्द्रको तयारी भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति रौतहटले गौर अस्पताल, गौर नर्सिंङ इन्ष्टिच्यूट र चन्द्रपुरमा अक्सिजनसहितको कोभिड वार्ड र गौरमा १५ वेडको एचडियु वार्डको निर्माण गरेको हो। जिल्लाको गौर अस्पतालमा ३२ वेडको कोभिड वार्ड, १५ वेडको मोनिटरसहितको एचडियु र ४ बेडको भेन्टिलेटरको तयारी भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यादवले गौर नगरपालिकाको सहयोगमा गौर नर्सिङ इन्ष्टिच्यूटमा २५ वेड र चन्द्रपुर, वृन्दावन, गढीमाई गरुडाको संयुत्त सहयोगमा ४५ वेडको चन्द्रपुर २ को सहिद पार्कमा कोभिड अस्पताल संचालनमा आएको जानकारी दिनुभयो।


जिल्ला सदरमुकाम गौर नगरपालिकामा सबैभन्दा बढी ४५ जना कोरोना संक्रमित पुष्टि भएको छ भने दोस्रो स्थानमा रहेको चन्द्रपुरमा ३४ जना संक्रमित भेटिएका छन् ।
मंगलबारको तथ्याङ्कअनुसार जिल्लाको १८ स्थानीय तहमध्ये बृन्दावन र राजपुर नगरपालिकामा मात्र संक्रमितको संख्या शून्य छ । बाँकी १६ तहमा सक्रिय संक्रमित पाईएको छ ।

अघिल्लो सामग्रीनिषेधाज्ञाका बिच राजधानीबाट घर फर्कन पाउने
यसपछिको सामग्रीअनुगमन नहुँदा कालो बजारी ः नुन, चिनी र चामलमा ब्यापारीको मनोमानि