१० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने

रौतहट २२ बैशाख ।
निषेधाज्ञाका बिच पनि काठमाडौबाट रौतहटका नागरिकहरु घर फर्कन पाउने भएका छन् ।
रोजगारी,पढाई र विभिन्न कार्यको लागी काठमाडौ बसोबास गर्दै आएका रौतहटका नागरिकहरु घर फर्कन पाउने भएका छन । काठमाडौ उपत्यकामा रहेका रौतहटवासी घर फर्कन चाहेमा १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने छ । पछिल्लो समय काठमाडौमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिएसँगै काठमाडौबाट घर फर्किन चाहेमा सम्बधित गाउपालिका वा नगरपालिकाले अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहित सिफारिस गरेमा घर फर्कन सक्ने छन् ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो । रौतहटका १८ स्थानिय तहहरुका नागरिकहरु रोजगारी तथा अन्य विभिन्न कार्य गर्नका लागी हजारौ नागरिकहरु काठमाडौ बसोवास गर्दै आएका छन । काठमाडौ उपत्यकामा बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याइएको छ । निषेधाज्ञाको समयमा रौतहटका नागरिकहरुलाई असहज परिस्थिती सिर्जना भएमा सम्बन्धित स्थानिय तहले १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने प्रबिद्धतासहित सिफारिस गरेमा सहजै घर आइपुग्ने भएको छ ।

अघिल्लो सामग्रीचाँदि खोलाको पुल दुई वर्ष देखी अलपत्र,स्थानिय आन्दोलित
यसपछिको सामग्रीरौतहटका तीन स्थानमा कोभिड अस्पताल संचालनमा