हेटौंडा, १४  चैत ।
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा २५ दशमलब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालू वर्षको फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ बजेटमा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।


फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

प्रदेश संसदले चालु आर्थिक वर्षको ८ महिना अवधिमा कुल बजेको ३९ दशमलब ८६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।
त्यस्तै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल बजेटको ८ दशमलब ६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

अघिल्लो आर्थिक वर्षको यहि अवधिमा प्रदेश सरकारले कूल बजेको १९ दशमलब ५७ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।

अघिल्लो सामग्रीसैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी
यसपछिको सामग्रीसरकारलाई दिएको समर्थन फिर्ता लिने: प्रचण्ड