चन्द्रपुर,०४ असार
चन्द्रपुरको एक बिध्यालयमा नृत्य प्रतियोगिता तथा बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
निजी तथा आवसीय बिध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) रौतहट जिल्ला कमिटी र स्ट्यान युनेस्को क्त्ब्ल् –ग्ल्भ्क्ऋइ को सयुक्त आयोजनामा नृत्य प्रतियोगिता तथा बिज्ञान प्रदर्शनी कार्यक्रम शनिवार चन्द्रपुर ५ स्थित माउन्ट एभरेस्ट आवसिय माध्यमिक बिद्यालयमा सम्पन्न भएको छ ।
नृत्य प्रतियोगितामा चन्द्रज्योती माध्यामिक बिद्यालय प्रथम भएको छ भने दित्तिय एभर ग्रिन बोर्डिङ स्कुल भएको छ । यस्तै तृतीय स्थान न्यू झरना एकेडेमीले हासिल गरेका छ । बिजयी सम्पुर्णलाई प्रमाण पत्र दिईएको आयोजकले जनाएको छ ।

यस्तै बिज्ञान प्रदर्शनी कार्यक्रममा माउन्ट एभरेष्ट आवसिय माध्यामिक बिद्यालय प्रथम भएको छ भने जनज्योति माध्यमिक बिद्यालय दित्तिय र डिम जनता माध्यमिक बिद्यालय तृतीय भएको छ ।बिज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी रहेको बाग्मती माध्यमिक बिद्यालय र होली भिजन एकेडेमी सयुक्त रूपमा सान्त्वना भएका थिए । बिज्ञान प्रदर्शनी कार्यक्रममा सहभागी बिध्यालयका छात्र(छात्राहरुले बनाएका बिभिन्न सामाग्रीहरु प्रर्दशन गरेका थिए ।